+
+
Shares

गणतन्त्र पक्षधरको बैठकमा बाबुराम- ज्ञानेन्द्रलाई बयान लिएर कारबाही गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २०:३९

१७ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले सुरुमै आफ्ना कुरा राखेर जरुरी काम भएको भन्दै बाहिरिएका छन् ।

‘ज्ञानेन्द्र शाहले जुन हर्कत गर्दै आइरहेका थिए । अस्ति १५ गते उनकै उक्साहट र निर्देशनमा जुन गतिविधि भए । त्यसले सिमा नाघ्यो,’ बैठकमा राखेको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘उनलाई अब समय दिन सकिँदैन । दलहरूले यो विषयमा एउटा सहमति बनाएर उनलाई आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ भनेर मैले धारणा राख्नुभयो ।’

उनलाई संविधानसभाबाट विधिवत ढंगले राजतन्त्र उन्मुलन गरेर निष्कासन गरिएको जिकिर गरे ।

‘उदारतापूर्वक बस्ने सुविधा दिएको हो । पटकपटक आफू राजा नै भएको, त्यही ढंगले वक्तव्य दिने काम गरे त्यो उनको ठगी धन्धा हो,’ उनलेभ ने ।

उनले पूर्वराजा शाहलाई बयान लिएर कारबाही गर्नुपर्छ भन्ने कुरा बैठकमा आफूले राखेको बताए ।

भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहका गतिविधि संविधान विपरीत रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?