+

महिला टी२० विश्वकप एसिया छनोटका लागि तयारी क्याम्पको घोषणा

२०८१ चैत  १७ गते २१:१८ २०८१ चैत १७ गते २१:१८
महिला टी२० विश्वकप एसिया छनोटका लागि तयारी क्याम्पको घोषणा

१७ चैत, काठमाडौं । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायर को तयारीस्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले क्याम्पको घोषणा गरेको छ अप्रिल १ देखि सुरु हुने तयारी प्रशिक्षण क्याम्पका लागि २८ खेलाडी बोलाइएको छ।

यस तयारी क्याम्पबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू अन्तिम टिममा छनोट भएर एसिया क्वालिफायरमा नेपालको प्रतिनिधित्व गर्नेछन्। यस तयारी क्याम्पले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न र प्रतियोगिताको लागि उनीहरूलाई मानसिक तथा शारीरिक रूपमा तयार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तयारी क्याम्पका लागि छनोट भएका खेलाडीहरूमा कप्तान इन्दु वर्मा सहित रुबिना छेत्री, बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरि, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना के सी, रचना कुमारी चौधरी, सम्झना कुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, स‌ङ्गीता राई, र एलिसा खडिया रहेका छन्।

क्यानले खेलाडीहरूको शारीरिक फिटनेस, खेल रणनीति, ब्याटिङ, बलिङ र फिल्डिङ सुधार गर्ने उद्देश्यसहित क्याम्प सञ्चालन गर्न लागेको हो ।

नेपाल क्रिकेट महिला टी२० विश्वकप एसिया छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय