
१७ चैत, काठमाडौं । लेखक कमल कोइरालाको निधन भएको छ ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको केहीबेरअघि मृत्यु भएको पत्रकार किशोर श्रेष्ठले जानकारी गराएका छन् । उनका अनुसार भोलि बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ ।
उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।
कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4