+
+
Shares

कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको कार्यालयमा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ७:१७

१८ चैत, काठमाडौं । वामपन्थी नेता एवम् लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिने भएको छ ।

केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो ।  उनको पार्थिव शरीर आज बिहान ११ बजे श्रद्धञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?