+
+
Shares

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ९:२४

 

१८ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् ।

यसअघि प्रतिपक्षमा रहेका माओवादीलगायतका दलहरुले कुलमानको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग्दै संसद अवरोध गरेका थिए । आज पनि दुवै सदनको बैठक बस्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?