+
+
Shares

रेसुङ्गा विमानस्थलबाट ३ महिनापछि फेरि सुरु भयो उडान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ९:३६

१८ चैत, १८ चैत । रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि पुन: उडान सुरु भएको छ  । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबारदेखि उडान सुरु गरिएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

सोमबार काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र  रेसुङ्गाबाट काठमाडौंका लागि ४ जना सवार रहेको थापाले बताए ।

नेपाल एयरलायन्सको विमान मर्मतका कारण लामो समयसम्म नियमित उडान हुन सकेको थिएन । पहिले साताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको विमानले यात्रुको चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

वर्षायाम सुरु भएपछि पछिल्लो समय साताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थियो ।

अहिले पुन: यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको क्रकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको छ ।

हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गर्दछ ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।

गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् ।

विमानस्थलबाट गुल्मीका धेरै जसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?