
१८ चैत, विराटनगर । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ ।
सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ गर्ने क्रममा दुई वटा शंकास्पद वस्तु फेला परेको हो ।
संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार शंकास्पद वस्तु फेला परेको स्थानमा द्वन्द्वकालमा सप्रबल सुरक्षा बेश चैनपुर थियो ।
नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा दुई स्थानमा शंकास्पद वस्तु फेला पारेको उनले बताए । शंकास्पद वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।
‘नगरपालिकाले सरसफाई गर्दा तार गाडिएको अवस्थामा दुई स्थानमा तार भेटिएको छ,तत्कालीन समयमा सुरक्षा बेस क्याम्प रहेकाले बम हो कि भन्ने आशंका छ,’ उनले भने,‘ नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गर्दैछ ।’
प्रतिक्रिया 4