
१८ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभएको उल्लेख गर्दै जागरणसभामा सहभागी हुन अपिल गरेका छन् ।
चैत १८ गते नेकपा एमालेले आयोजना गरेको देशव्यापी जागरणसभा र मोटरसाइकल र्याली बारे जानकारी दिंदै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । ‘लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन’ उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि हो । आम जनताको सरोकारको विषय हो ।’
महासचिव पोखरेलका अनुसार एमालेले आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाईकल र्याली आयोजना गरेको छ । काठमाण्डौं उपत्यकामा भने संयुक्त रूपमा मोटरसाईकल र्यालीको आयोजना गरिएको उनले बताए ।
‘आ-आफ्नो अनुकूल ठाउँमा सहभागी बनौं । काठमाडौं उपत्यकाको हकमा बेलुका ४ बजे तीनकुनेमा मोटरसाईकल सहित सहभागी बनौं’ उनले लेखेका छन्, ‘प्रतिगमनको दुश्प्रयासलाई नाकाम बनाऔं । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौं ।’
प्रतिक्रिया 4