+
+
Shares

यसरी मनाइँदै छ इद उल फित्र (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ११:३१

१८ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व । नजिकका मस्जिदमा भेला भएर मुस्लिम समुदायले प्राथना गर्नुका साथै शुभकामना आदानप्रदान गरेर मनाइरहेका छन् ।

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

काठमाडौंको जामे मस्जिदका केही तस्वीरहरू :

तस्वीरहरू : विकास श्रेष्ठ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?