+
+
Shares

थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई दिए जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ११:५१

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन् ।

नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको उनले बताए । थाइल्याण्ड भ्रमणका क्रममा दुइ वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?