+
+
Shares

विश्वप्रकाशले दोहोर्‍याए- कुलमान हटाएर सरकारले गल्ती गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १३:४०

१८ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको दोहोर्‍याएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको उनले बताए । सरकारले उनलाई बर्खास्त गरेकै दिन पनि महामन्त्री शर्माले उक्त निर्णय गल्ती भएको बताएका थिए ।

‘कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपथ्र्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं,’ महामन्त्री शर्माले भने, ‘तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ?’

महामन्त्री शर्माले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे ।

अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?