
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ मा लाइभ राउण्ड सुरु भएको छ । यो चरणका लागि १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । आउने सातादेखि दर्शकको भोटिङको आधारमा बाहिरिने प्रक्रिया सुरु हुनेछ ।
लाइभ राउण्डमा एकजना कोचबाट ३ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डबाट कसलाई अघि बढाउने भन्ने कुरा दर्शकको भोटमा निर्भर हुनेछ । सबैभन्दा कम भोट ल्याउने हप्तैपिच्छे बाहिरिनेछन् । भोटिङ प्रक्रिया चलिरहेको छ ।
लाइभ राउण्डमा कोच उदय सोताङबाट अर्पणा आचार्य, दावा लामा र सुजन खड्काले प्रतिस्पर्धा गर्दैछन् । कोच राजु लामाको समूहमा विराट तामाङ, प्रशान्त गुरुङ र प्रेमश राई छनोट छन् ।
कोच मेलिना राईको समूहबाट विकास थारु, रोशन राई, सार्थक लामा लाइभ राउण्डमा छन् । कोच खेम सेन्चुरीको समूहमा पविन्द्र सुनार, इन्द्रकला राई र प्रोसेस पाण्डे छन् ।
‘भ्वाइस अफ नेपाल’ हिमालय टिभीबाट प्रत्येक साताको शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4