+
+
Shares

एमालेको नारा : दास र रैती बन्न मन्जुर छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १४:२४

१८ चैत, काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ ।

केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ ।

राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए ।

‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उनले भने ।

जनप्रर्शनका निम्ति महासचिव शंकर पोखरेलले नाराहरू सार्वजनिक गरेका छन् ।

सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र– जिन्दावाद, प्रतिगमन– मुर्दावाद’ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?