+
+
Shares

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान

यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १४:४९

१८ चैत, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।

यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे ।

यो जहाज आज पोखरामै बसेर भोलि ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ ।

पोखरामा यसअघि चार्टर र नियमित चार्टर उडान भइरहेका थिए । नियमित उडान सुरु हुन सकेको थिएन । यो खडेरी तोकिएको छ ।

तस्वीर : मणिराज लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?