+
+
Shares

त्रिचन्द्रमा स्ववियु निर्वाचन अधिकृतमाथि मोसो प्रहार

त्रिचन्द्र क्याम्पसमा भोलि हुने स्ववियु निर्वाचनका अधिकृत अङ्गदमणि गौतममाथि नेवि संघका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १७:५८

१८ चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ ।

भोेलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् ।

निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।

जसरी पनि निर्वाचन रोक्नु पर्ने धारणासहित बैठकमा सहभागी भएका बानियाँ र श्रेष्ठ बैठकबाट बाहिरिए । केहीबेरपछि पुनः निर्वाचन समितिको कार्यालयमा आएका उनीहरूले परैबाट निर्वाचन अधिकृत गौतममाथि मसी प्रहार गरेका हुन् ।

विवादका कारण यसअघि तीन पटकसम्म स्थगित भएको स्ववियु निर्वाचन मंगलबारका लागि तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् ।

घटनापछि अनलाइनखबरसँगको कुराकानीमा निर्वाचन अधिकृत गौतमले जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले आफूमाथि अपशव्द प्रयोग गर्दै मसी प्रहार गरेको बताए ।

‘विवेक बानियाँले त्रिचन्द्र स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको नामबाट उम्मेदवारी दर्ता गराउनुभयो । श्रेष्ठले नेविसंघको भनेर उम्मेदवारी दर्ता गराउनु भएको थियो । नेविसंघबाट दुईवटा प्यानल देखिएपछि निर्वाचन निर्देशिकाअनुसार हामीले सम्बन्धित संगठनको केन्द्रीय समितिलाई सोध्यौं,’ निर्वाचन अधिकृत गौतमले भने, ‘त्यसपछि अर्को समूहले आधिकारिकता पाएपछि उहाँ स्वतः स्वतन्त्र बन्नुभयो । त्यसपछि दुवैजना जसरी पनि निर्वाचन रोक्नुपर्छ भनेर लाग्नु भएको हो ।’

गौतमले छलफलको क्रममा निर्वाचन रोक्न पटकपटक दबाब दिएपछि आफूले भोलि पनि मतदान हुन नसके दुई वर्षसम्म निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन रोक्नु पर्ने आधार दिनुस् भनेर मागेको त्यसपछि बाहिरिएका उनीहरू पुनः आएर मसी छ्यापेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?