+
+
Shares

स्ववियु निर्वाचन : एमयूमा सकियो मतदान, ६५.३४ प्रतिशत खस्यो मत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १७:४८

१८ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदान बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदान चलेको थियो ।

सहायक मतदान अधिकृत जगत ढकालका अनुसार विश्वविद्यालयमा कुल २८ सय ६४ मत खसेको छ । बिहान ८ बजेबाट मतदान हुने भनिए पनि आन्तरिक तयार नपुग्दा डेढ घण्टा ढिला साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।

विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता थिए । जसमा ६५।३४ प्रतिशतको मात्रै मत खसेको छ भने ३४।६६ प्रतिशत विद्यार्थीहरू मतदानमै सहभागी भएनन् । ‘समग्रमा उत्साह जनक मतदान नै भयो । करिब ३४ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएनन्,’ उनले भने ।

मतदान सकिएसँगै आज बेलुकाबाट नै मत गणना हुने ढकालले बताए । ‘मतदान सकिएको छ । अहिले मुचुल्का उठाउँदै छौँ,’ ढकालले अनलाइनखबरसँग भने, ‘संगठनहरूसँग सहमति गरेर आज बेलुकाबाट नै गणना सुरु हुन्छ ।’ बेलुकाबाट मत गणना भए भोली बिहानसम्म परिणाम आउने स्ववियु निर्वाचन कमिटीले जनाएको छ ।

विश्वविद्यालयमा ६ वर्ष पछि भएको स्ववियु निर्वाचनमा विद्यार्थीहरू उत्साहका साथ मतदानमा सहभागी भएका थिए । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?