+
+
Shares

तीनकुने घटना : प्रसाईं समूहका थप दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १९:२३
विष्णुजंग बस्नेत

१८ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं समूहका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् ।

बस्नेत प्रसाईंले नेतृत्व गरिरहेको राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्य हुन् ।

राई पनि सोही टिममा बसेर काम गर्नेमध्येकी एक हुन् ।

बस्नेतलाई लतिपुरबाट र राईलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ ।

आजै प्रहरीले प्रसाईंका सहयोगी देवी संग्रौलालाई पनि पक्राउ गरेको थियो । सो क्रममा संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?