+
+
Shares

अर्थ मन्त्रालयले संसोधन गर्यो नियुक्तिसम्बन्धी मापदण्ड

यसअघि अर्थ मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १९:३८

१८ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहत निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको छ ।

यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको हो ।

सरकारले  ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ ।

अर्थ मन्त्रालय मातहत नेपाल राष्ट्र बैंकसहित १५ वटा निकायमा यो नियम लागू हुनेछ । यसअघिको मापदण्डमा निकायको कार्यकारी प्रमुखका हकमा ३० वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यका हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने नियम थियो । नयाँ प्रावधानमा यो बुँदा हटाइएको छ ।

मन्त्रालय मातहतका निकायमा सम्बन्धित ऐन कानुन आर्कर्षित हुन्छन् । ती कानुनमा उमेरको अधिकतम् सीमा नतोकिएको भए पनि सरकारले बनाएको मापदण्डमा उमेरको सीमा राखिएको थियो । उमेरको सीमा राख्दा ऐनसँग बाझिएको भन्दै अदालतमासमेत प्रश्न उठेको भन्दै अर्थले उक्त संसोधन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?