१८ चैत, काठमाडौं । एफसी चितवनले पोखरा थण्डर्सलाई २–० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ मा विजयी सुरुवात गरेको छ ।
चितवनको जितमा विदेशी खेलाडी नोदिर माभलोनोभ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नीरज चौधरीले गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा उज्वेकिस्तानी खेलाडी नोदिरले १५औं मिनेटमै गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । नीरजले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
जितपछि चितवनले ३ अंक सहित लिग सुरु गरेको छ ।
दुई गोलबाहेक दुवै टोलीले गोल गर्ने खासै राम्रो अवसर बनाउन सकेनन् ।
यो जितपछि चितवनले यसअघि दुई संस्करणमा व्यहोरेको हारको बदला समेत लिएको छ । साथै चितवनले पहिलो पटक लिगमा पहिलो खेलमा जित हात पारेको हो ।
प्रतिक्रिया 4