+
आईपीएल २०२५ :

अश्वनी कुमार डेब्यूमै चम्किँदा मुम्बईको पहिलो जित

२०८१ चैत  १८ गते २२:४४ २०८१ चैत १८ गते २२:४४
अश्वनी कुमार डेब्यूमै चम्किँदा मुम्बईको पहिलो जित

१७ चैत, काठमाडौं । अश्वनी कुमारले डेब्यूमै शानदार प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

आईपीएलको पहिलो खेल खेल्दै गरेका अश्वनीले ४ विकेट लिएपछि कोलकाता ११६ रनमै अलआउट भएको थियो । ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर रायन रिकेल्टनले अविजित अर्धशतक बनाए । उनी ६२ रनमा अविजित रहे । सुर्यकुमार यादव २७ रनमा अविजित रहे । विल ज्याक्सले १६ तथा रोहित शर्माले १३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमै अलआउट हुँदै ११६ रन बनाएको थियो । अंकृश रघुवंशीले सर्वाधिक २६ तथा रमनदीप सिंहले २२ रन बनाए । मनिष पाण्डेले १९ तथा रिंकु सिंहले १७ रन बनाए ।

मुम्बईका अश्वनीले ३ ओभरमा २४ रन दिएर ४ विकेट लिए । दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

पहिलो जितसँगै मुम्बईले ३ खेलमा २ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ भने कोलकाता पनि समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा पुछारमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय