+
+
Shares

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते २३:१४

१८ चैत, काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार अबेर बसेको मन्त्रिपरिषद बैठकले भोलिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेको प्रतिनिधिसभा बैठक बस्ने जनाएका छन् ।

गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?