१९ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल मात्र हुँदै छ । आज बेलुकी लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा सुरु हुनेछ । लखनउको कप्तानमा रिषभ पन्त छन् भने पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्ने छन् ।
लखनउले हालसम्म २ खेल खेल्दा १ खेल जितेको छ । पहिलो खेलमा दिल्लीसँगको रोमाञ्चक खेलमा पराजित भएको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।
यता पञ्जाब भने आफ्नो दोस्रो खेल बल्ल खेल्दैछ । पहिलो खेलमा गुजरात टाइटन्सलाई हराएको पञ्जाबले एक हप्तापछि दोस्रो खेल खेल्दै छ ।
अंकतालिकामा २ खेलमा २ अंक जोडेको लखनउ तेस्रो स्थानमा छ भने १ खेलमा २ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।
यी दुई टोलीबीच हालसम्म भएका ४ खेलमा लखनउले ३ खेल जितेको छ भने पञ्जाबले १ खेल जितेको छ । गत सिजन लखनउमा भएको खेल घरेलु टोलीले नै जितेको थियो ।
प्रतिक्रिया 4