+

एनएसएल २०२५ : बुटवल लुम्बिनी र धनगढी भिड्दै

२०८१ चैत  १९ गते ८:४१ २०८१ चैत १९ गते ८:४१
एनएसएल २०२५ : बुटवल लुम्बिनी र धनगढी भिड्दै

१९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

बुटवल लुम्बिनी आफ्नो दोस्रो खेल खेल्दैछ भने धनगढीको यो पहिलो खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

सात टोली सहभागि लिगमा आजको खेलपछि सबै टोलीले कम्तीमा एक खेल खेल्नेछ । बुटवल लुम्बिनीले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । जहाँ उसका कप्तान एरिक विष्टले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । यस्तै इंग्लिस डिफेण्डर एडम मिटरले पनि चोटका कारण पाँचौ मिनेटमै मैदान छाड्नुपरेको थियो ।

आज बुटवल लुम्बिनी कप्तानबिनै मैदान उत्रनेछ । यस्तोमा बुटवल लुम्बिनीको कप्तानी मार्की खेलाडी मनिष डाँगीले गर्नेछन् । दोस्रो खेलमा एरिक नभएपनि टिममा नेतृत्व गर्ने खेलाडी रहेकोले खासै असर नहुने बुटवका प्रशिक्षक पुष्प लाल शर्माले बताएका थिए ।

यसअघिको दुई संस्करणको उपविजेता धनगढी एफसी डिफेण्डर देवेन्द्र तामाङको कप्तानीमा मैदान उत्रदैछ । धनगढीले यस सिजन युवा मिडफिल्डर कृतिश रत्न छुन्जुलाई मार्की बनाएको छ ।

पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको धनगढीले यस पटक विदेशी प्रशिक्षक अनुबन्ध गरेको छ भने दुई विदेशी खेलाडीलाई समेत निरन्तरता दिएको छ ।

ओलावाले आफिज लगातार तेस्रो र अहमद हिजाली दोस्रो पटक धनगढीबाट खेल्दैछन् । यस्तै धनगढीले स्पानिस गोलकिपर वालिद विरोउ र डिफेण्डर जोर्ग काइसेडो, ब्राजिलियन फरवार्ड सर्जियो बार्बोजा र मोरोक्कोका मिडफिल्डर मोहमेद एल जाउएनीलाई अनुबन्ध गरेको छ ।

धनगढीले कप्तान देवेन्द्रसहित डिफेण्डर रन्दिप पौडेल र मिडफिल्डर रामचन्द्र वाजीलाई रिटेन गरेको थियो ।

बुटवल लुम्बिनी स्क्वाड
गोलकिपर : दिप कार्की, टिकेन्द्र थापा, युगल थापा
डिफेण्डर : सरोज तामाङ, विमल पाण्डे, सन्दीप कार्की, सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, नाथन माभिला*, एडम मिट्टर*
मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, प्रदिप लामा, फत्तेमान घले, फ्रांक रोस*, केन्टा होरा*, सुमित मल्ल
फरवार्ड : निराजन धामी, मनिष सेढाई‌, इजेकेल तामारा*, फिलिपि अजा*

धनगढी एफसी स्क्वाड
गोलकिपर : जियारथ शेख, सन्तोष महत, वालिद विरोउ*
डिफेण्डर : देवेन्द्र तामाङ, पासाङ लामा, रनदिप पौडेल, अशोक खवास, अमृत श्रेष्ठ, जोर्ज कासेइडो*
मिडफिल्डर : कृतिश रत्न छुन्जु, विवेक पौडेल, रामचन्द्र वाजी, रोहन खड्गी, हरिश राज भट्ट, प्रशान्त लक्षम, मोहमेद एल जाउनी*, सन्दीप धामी
फरवार्ड : जर्ज प्रिन्स कार्की, ओलावाले आफिज ओलाडिपो*, अहमद हिजाजी*, सर्जियो बार्बोजा*, दिपेश राई

नेपाल सुपर लिग २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय