+
+
Shares

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते ९:२६

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् ।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ ।

नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुघवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?