+
+
Shares

सभामुखको कार्यकक्ष पुगे रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १०:५३

१९ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् ।

आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन गएका हुन् ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?