+
+
Shares

हरियो धनियाँको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते ११:२०

१९ चैत, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा बढोत्तरी देखिएको हो ।

आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ६६ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रतिकिलो ११० रुपैयाँमा धनियाँ किनबेच भएको थियो । आज भने धनियाँको प्रतिकिलो थोक मूल्य १७६ रुपैयाँ कायम छ ।

बजारमा हरियो धनियाँको आपूर्ति घटेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?