
१९ चैत, काठमाडौँ । राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०/२०८१ प्रतिनिधि सभामा पेश गरिँदैछ ।
मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
मंगलबार नै प्रतिनिधि सभामा मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
प्रतिक्रिया 4