+
+
Shares

तने बोडीमा देखियो ९२ प्रतिशत विषादी

चितवनबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको तने बोडीम ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १२:२४

१९ चैत, काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तने बोडीमा बढी मात्रामा विषादी भेटिएको छ ।

चितवनबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको तने बोडीम ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा चितवनबाट ल्याइएको तने बोडीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त बोडी उपभोग अयोग्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?