+
+
Shares

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १२:४९

१९ चैत, काठमाडौं । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए ।

भोलि (बुधबार) बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने चन्दले बताए । उनका अनुसार दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । ७६ वर्षीय बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो ।

पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?