+
+
Shares
हलिउड :

‘स्पाइडरम्यान’को नयाँ शृङ्खला घोषणा, ३१ जुलाईमा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १२:४३

काठमाडौं । पिटर पार्करको रुपमा अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को आगामी श्रृंखलामा देखिने पक्क भएको छ । सोनी स्टुडियोले पिटर पार्कर पात्रलाई लिएर ‘स्पाइडरम्यान ४’को घोषणा गरेको छ । फिल्मको नाम राखिएको छ- स्पाइरम्यान : ब्राण्ड न्यू वे ।

डेस्टिन डेनियल क्रेटनले निर्देशन गर्ने यो फिल्मको छायांकन आगामी गर्मीयाममा सुरु हुने भेराइटीले जनाएको छ । अमेरिकाको लस भेगासमा आयोजित ‘सिनेमा कन’ सम्मेलनको क्रममा नयाँ स्पाइडरम्यान फिल्मको घोषणा गरिएको हो ।

“मलाई धेरै दुःख लागेको छ कि म तपाईंसँग हुन सक्दिन । म एउटा फिल्मको छायांकन गर्दै आधा संसार घुमिरहेको छु’ हल्याण्डले भने । उनी यतिबेला क्रिस्टोफर नोलनको ‘द ओडिसी’मा ब्यस्त छन् जहाँ म्याट डेमन, जेन्डाया र एनी ह्याथवेसँग देखिनेछन् ।

उनले अघि भने, ‘मलाई थाहा छ कि हामीले ‘नो वे होम’ को अन्त्यमा तपाईंलाई एउटा ठूलो छक्क पार्ने रहस्यसहित छोडेका थियौं, त्यसैले ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’ एउटा नयाँ सुरुवात हो । यो ठ्याक्कै त्यस्तै हो । म यति मात्र भन्न सक्छु ।’ यो नयाँ फिल्म आगामी जुलाई ३१, २०२६ मा रिलिज हुने जनाइएको छ । पिटर पार्करका साथीहरू एमजे र नेडको भूमिका निर्वाह गर्ने जेन्डाया र ज्याकब बटालोन यस सिक्वेलमा फर्कने अपेक्षा गरिएको छ ।

हल्याण्डका ‘स्पाइडरम्यान’ फिल्म बक्स अफिसमा अत्यधिक सफल भएकाले पिटर पार्करको पुनरागमनको लागि हलका मालिक उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?