
काठमाडौँ । हीरक महोत्सवका अवसरमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत सङ्गीत प्रतियोगितामा परेश राई पहिलो भएका छन् । स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा आधुनिक गीतसङ्गीत प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा दीपिका श्रेष्ठ दोस्रो र पूर्णबहादुर विश्वकर्मा तेस्रो भए । विजेतालाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगितामा चण्डीप्रसाद काफ्ले उत्कृष्ट संगीतकार र होम न्यौपाने उत्कृष्ट रचनाकार घोषित भए । उत्कृष्ट सङ्गीतकार र रचनाकारलाई २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगितामा विभिन्न कलाकारका २० गीत छनोट भए । प्रतियोगितामा विजयी प्रतियोगीलाई रेडियो नेपाल स्थापनाको हीरक महोत्सव अवसरमा पुरस्कार वितरण गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4