+
+
Shares

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले अन्य ४१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राख्दै कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १५:४४

१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ चलिरहेको हो ।

सर्वोच्चले दुवै रिटलाई प्राथमिकता दिएको छ । चुडाल र पाण्डेयको इजलासले अन्य सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पठाएको छ । यो इजलासमा ४२ वटा मुद्दा पेशीमा रहेकामा सबै ४१ मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा पठाइएको छ ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए । सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र हटाइएका कुलमान घिसिङ ।

यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाउने आदेश गरेको थियो भने दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?