+
+
Shares

गुल्मीमा स्ट्रबेरी खेती गरेर मनग्य आम्दानी गर्दै प्रेम नेपाली

अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षबाट व्यवसायीक रुपमै खेती गर्दै आएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १५:५७

१९ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा व्यवसायिक रुपमै स्ट्रबेरी खेती सुरु भएको छ । जिल्लामा अन्य खेती धेरै कृषकले गरेपनि व्यवसायिक रुपमै स्ट्रबेरी खेती गर्ने कृषक कमै छन् ।

रेसुङ्गा नगरपालिका-६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायीरुपमा स्ट्रोबेरी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षबाट व्यवसायीक रुपमै खेती गर्दै आएका हुन् ।

नेपालीले स्ट्रोबेरी खेतसँगै आर.एन.पी नवोदय बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । स्ट्रबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ ।
नेपालीले यसवर्ष करिब दुई रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गरेका छन् । नेपालीले उत्पादन गरेको स्ट्रबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ ।

फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ । नेपालीको फर्मबाट अहिले १० किलो भन्दा बढी स्ट्रबेरी दैनिक उत्पादन हुँदै आएको कृषक प्रेम नेपालीले बताए ।

स्ट्रबेरीको बजार मूल्य हाल ५ सयदेखि ६ सयसम्म बिक्री हुँने गर्दछ । बजार राम्रो हुँदै गएकाले निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् ।

परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती सुरु गरेका नेपालीले अहिले कक्षा १२ सम्म अध्ययन गरेका छोरालाई पनि कृषि पेसालाई अगाडि बढाएका छन् ।

नेपालीको फर्ममा हाल २६ वटा टनेल रहेका छन् । नेपालीको फमका हाल स्ट्रोबेरी, लौका, फर्सी, टमाटर, फूलगोपी, बन्दा गोपी, तिते करेला, लौका, काक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौला, फूल लगायत मौसमी तथा बेमौसी खेती उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?