+
+
Shares

वीरगञ्जको बाल सुधारगृहमा नाराबाजी, आधारभूत आवश्यकता पनि उपलब्ध नगराएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १६:११

१९ चैत, काठमाडौं । वीरगञ्जको विर्तास्थित बाल सुधारगृहका बालकहरूले मंगलबार दिउँसो नाराबाजी गरेका छन् ।

सेवा सुविधाको माग राखेर बाल सुधारगृहभित्रका बालकहरूले नाराबाजी गरेका हुन् ।

बाल सुधारगृहले सामान्य आधारभूत आवश्कयताहरू पनि उपलब्ध नगराएपछि विरोधस्वरूप उनीहरूले नाराबाजी गरेको पाइएको पर्साका एसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।

‘गर्मी अत्यधिक छ, पंखा छैन, पिउनेपानीको सुविधा राम्रो भएन । बत्तीका लागि वैकल्पिक व्यस्था गर्नुपर्‍यो लगायत माग राखेर उनीहरूले होहल्ला गरेका रहेछन् । यसबारे जानकारी पाउने वित्तिकै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित हामी सुधार गृह पुग्यौं,’ मिश्रले भने ।

असन्तुष्ट बालकहरूको माग सम्बोधन गर्ने विषयमा बाल सुधारगृह प्रशासनसँग छलफलपछि अवस्था सामान्य बनेको मिश्रले बताए ।

बाल सुधारगृह प्रशासनले बालकहरूको सामान्य आधारभूत आवश्यकताहरू पूरा गर्दै जाने र अन्य मागहरू पूरा गर्नका लागि आवश्यक बजेट प्रबन्धका लागि विभिन्न सरोकार पक्षसँग समन्वय गर्ने सहमति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?