+
+
Shares
फिल्म :

महिला न्यायको कथामा ‘पिताम्बर’को ट्रेलर : एक्सन अवतारमा प्रदीप

एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १६:३१

काठमाडौँ । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर-एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।

३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । यो फिल्म बदलाको कथा हो । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा यसमा छ ।

एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिला न्यायको कथा यसको केन्द्रमा समेटिएको छ । निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।

प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक लाग्छ । ट्रेलर प्रदीपको वरपर घुम्छ । दिब्या रायमाझीलाई उनको लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । एक्सन कोरियोग्राफी र भब्य प्रोडक्सन डिजाइन ट्रेलरको आकर्षक पक्ष हो ।

यो मल्स्टिारर फिल्ममा आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ । विशाल चौलागाईंले निर्माण गरेको ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?