१९ चैत, काठमाडौं । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिना नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया 4