+
+
Shares

टिकाभैरव राजकुलो मर्मत गर्न डेढ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १७:२२

१९ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुनर्निर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

असोज दोस्रो साताको बाढीले गोदावरी नगरपालिकाको अधिकांश भौतिक संरचना ध्वस्त बनाएको छ ।

राजकुलो बिग्रिएका कारण पोखरी, ढुंगेधारा सुक्दै गएका छन् । तरकारी र हिउँदे बालीको उत्पादन न्यून भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?