+
+
Shares

नयाँ बजेटबारे अर्थमन्त्री भन्छन् : लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कौं

अर्थमन्त्री पौडेलले श्रम, सिप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १७:२४

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुनेभन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजन आवश्यक भएको बताए ।

उनले श्रम, सिप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए ।

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रूपमा समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने समेत बताए ।

श्रममन्त्री शरतसिंह भण्डारीले रेमिट्यान्सलाई अझ बढी व्यवस्थित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारबाट फर्किएकाको सिप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रम समीक्षा गरी अघि बढ्न आवश्यक भएको बताए ।

अर्थ सचिव घनश्याम उपाध्यायले सिप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अहिले अर्थले नयाँ बजेटबारे विभागीय मन्त्रालयहरूसँग छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?