+

अनुहारको छाला चम्किलो बनाउने ५ प्राकृतिक तरिका

२०८१ चैत  १९ गते १८:४८ २०८१ चैत १९ गते १८:४८
अनुहारको छाला चम्किलो बनाउने ५ प्राकृतिक तरिका

आजकल, छालाको हेरचाहका लागि बजारमा धेरै प्रकारका उत्पादन र उपचारहरू उपलब्ध छन् ।  जसले छालालाई चम्किलो बनाउने दाबी पनि गर्दछ, तर त्यस्ता उत्पादनहरूमा हानिकारक रसायनको पनि प्रयोग भएको हुन्छ । जसको प्रयोग लामो समय गर्दा यसले छालालाई हानी पुर्‍याउन सक्छ ।

चम्किलो छालाको चाहना हो भने यसका लागि प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । प्राकृतिक चीजहरूको प्रयोगले छालामा चमक बढाउनुका साथै कुनै साइड इफेक्ट पनि गर्दैन । यस्तोमा छालालाई चम्किलो बनाउन यी ५ घरेलु उपाय अपनाउन सकिन्छ ।

१. मह र कागती

छालालाई चम्किलो बनाउनका लागि महँगा उत्पादनहरू मात्र उपयोगी हुन्छ भन्ने छैन । कागतीमा पाइने भिटामिन सीले छालालाई प्राकृतिक रुपमा चम्किलो बनाउन सक्छ । एउटा कचौरामा मह, दूध र कागतीको रस मिसाउनुपर्छ र यो प्याक आफ्नो अनुहारमा लगाएर यसलाई १५ मिनेटका लागि छोड्नुपर्छ र सादा पानीले पखाल्नुपर्छ । यसको प्रयोगले छालामा परिवर्तन हुन्छ । मह र दूधले छालालाई नरम बनाउँछ, र कागतीले यसलाई चम्किलो बनाउन मद्दत गर्छ ।

२. चामलको पिठो

चामलको पिठो छालालाई चम्किलो बनाउने प्राकृतिक र प्रभावकारी उपाय हो । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, दाग कम गर्छ र यसलाई नरम पनि बनाउँछ । चामलको पिठोको प्याक बनाउन काँचो चामललाई राम्रोसँग पिस्नुपर्छ, अब यस पाउडरमा अलिकति कास्टर तेल र काँचो दूध मिसाउनुपर्छ।

यो मिश्रणले छालालाई पोषण दिन्छ र यसलाई चम्किलो बनाउँछ । यस प्याकलाई अनुहारमा लगाएर १५–२० मिनेटसम्म छोड्नुपर्छ र त्यसपछि चिसो पानीले धुनुपर्छ । यसबाट छाला केही दिनमै निखारिन्छ र छाला प्राकृतिक रुपमा चम्किलो हुन थाल्छ ।

३. बेसार र दही

बेसारमा पाइने कर्क्युमिन एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई धेरै प्रकारका समस्याबाट बचाउँछ । यसले दाग, धब्बा र चाउरीपना पनि कम गर्छ । साथै, दहीले छालालाई चम्किलो मात्र होइन, नरम र मुलायम पनि बनाउँछ।

यस्तोमा २ चम्चा दही र १÷४ चम्चा बेसारको धूलो लिनुपर्छ र दुवै चीजलाई मिसाएर पेस्ट बनाउनुपर्छ । यस पेस्टलाई अनुहारमा लगाएर १५–२० मिनेटसम्म छोड्नुपर्छ ।  त्यसपछि चिसो पानीले धुनुपर्छ । यो प्याक हप्तामा २–३ पटक लगाउनाले छालामा चमक आउँछ ।

४. गोलभेँडा र मुलतानी माटाे

गोलभेँडा र मुलतानी माटाेले बनेको प्याक पनि छालालाई चम्किलो र दागरहित बनाउन निकै प्रभावकारी हुन्छ ।  यसका लागि गोलभेँडालाई पिसेर यसको पेस्ट बनाउने, त्यसमा मुलतानी मिट्टी र गुलाब जल मिसाएर पेस्ट बनाउनुपर्छ ।

यस पेस्टलाई अनुहारमा लगाएर १५–२० मिनेटसम्म छोड्ने । त्यसपछि चिसो पानीले धुने । यो प्याक हप्तामा २–३ पटक लगाउनाले छाला कुनै फेसियल वा ब्लिचबिना नै चम्किलो हुनथाल्छ ।

७.मह र दही

छालालाई चम्किलो र नरम बनाउनका लागि मह र दहीले बनेको फेस मास्क हप्तामा एक वा दुई पटक प्रयोग गर्न सकिन्छ । यदि छाला सुख्खा छ भने यसमा नरिवलको तेल पनि मिसाउन सकिन्छ।

दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालाक मृत कोशिकाहरू हटाउँछ । नरिवलको तेलले छालालाई मोइस्चराइज गर्छ र महमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले छालालाई स्वस्थ राख्छ ।

यो मास्क बनाउन १ कप दही, २ चम्चा नरिवलको तेल र २ चम्चा मह राम्रोसँग मिसाउने । त्यसपछि, यसलाई अनुहारमा लगाउने र १०–१५ मिनेटका लागि छोड्ने र त्यसपछि चिसो पानीले धुने । हप्तामा १ देखि २ पटक यो मास्क लगाउँदा छाला चम्किलो हुन्छ ।

चमक छाला
लेखक
सरिता दुलाल पनेरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय