+
+
Shares

महिला सशक्तीकरण र क्षमता अभिवृद्धि गर्न नबिल बैंकले गर्‍यो देव्यापी ७ कार्यक्रम

नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १८:०१

काठमाडौं । नबिल बैंकले काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैंगिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसाथ नबिलले सोमबार कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम उद्घाटन नबिलका स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिइन् ।

नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकिङ क्षेत्रमा महिलाका लागि केही अप्ठ्यारा भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौं, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ,’ अध्यक्ष पौडेलले भने ।

पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए ।

‘अहिले पनि कार्यस्थलमा महिला विरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्या नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ‘नबिल बैंक पनि महिलालाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन तथा अवसर सिर्जना गर्ने विषयमा सकारात्मक छ ।’

उनले आर्थिक विकासमा महिला सहभागिताको महत्त्व बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेष हटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नबिलका कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिला नेतृत्व बढाउन आवश्यक रहेकामा जोड दिए ।

उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिला प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेरणाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले बैंकले आयोजना गरेको यस्तो कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्त्वपूर्ण पहल भएको बताइन् ।

‘नबिल बैंकले महिला सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको बृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ,’ उनले भनिन्, ‘नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरूको ठूलो भूमिका भएको मैले पाएकी छु ।’

कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एन्ड क्याटलाइजिङ लिडरसिप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरूले महिलाले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए ।

छलफल क्रममा पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा. रामजी रामले महिला सहभागिता, सशक्तीकरण र अवसर सिर्जना लगायत क्षेत्रमा धारणा राखेका थिए । नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभरि विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।

बैंकले लैंगिक समानता प्रवर्द्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकले आयोजना गरेको ‘मार्च इन्टु वेलनेस’ कार्यक्रमबाट काठमाडौं उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने ‘वेलबिइङ अफ वुमन’ सेसन मार्फत उपत्यकामा कार्यरत १ सय महिला कर्मचारीले लाभ लिएका थिए ।

बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी बृहत र्‍याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभरि रहेका विभिन्न शाखामा कार्यरत १ हजार २ सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो ।

साथै, मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै, नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?