+
+
Shares

तीनकुने घटना : पक्राउ परेका १८ जनालाई तीन दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १८:२८

१८ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध तीन दिनको म्याद थप भएको छ ।

पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित कसुर अन्तर्गको मुद्दा चलाइएको छ ।

अन्य १० जनालाई भने आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको हो । प्रहरीले यो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?