+
+
Shares

वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थापन–सञ्चालन जिम्मा साविककै कम्पनीलाई

यो सुक्खा बन्दरगाह सञ्चालनमा कन्टेनर कर्पोरसन अफ इन्डिया प्रालिसमेत इच्छुक देखिएको थियो । यसले ४ अर्ब ५० करोड ९० लाख रुपैयाँ कबोल गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १७:४३

१९ चैत, काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थापन तथा सञ्चालन जिम्मेवारी साविककै भारतीय कम्पनीले पाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ४ अर्ब ७१ करोड कबोल गरेको प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले आगामी ५ वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन जिम्मेवारी पाएको हो ।

यसै कम्पनीले यसअघि ५ वर्षका लागि सञ्चालन/व्यवस्थापन जिम्मेवारी पाएको थियो । समितिले निजी क्षेत्रमार्फत सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार दुई कम्पनी सर्टलिस्टमा परेका थिए ।

उनका अनुसार समिति गठन आदेश २०५४ बमोजिम नेपालका सुक्खा बन्दरगाह प्रतिस्पर्धात्मक प्रणाली मार्फत छनोट भएको कम्पनीबाट सञ्चालन तथा व्यवस्थापन गर्ने प्रावधान छ । यो कम्पनी प्राविधिक र आर्थिक दुवै रूपमा उत्कृष्ट पाइएपछि उसलाई जिम्मा दिइएको उनले जानकारी दिए ।

निजी क्षेत्रमार्फत सञ्चालन–व्यवस्थापन हुँदा पोर्टहरूको सेवाको स्तर र आम्दानी दुवै बढेको समेत उनले बताए । ‘यसले आर्थिक रूपमा राज्यलाई निकै फाइदा गरेको छ,’ उनले भने ।

यो सुक्खा बन्दरगाह सञ्चालनमा कन्टेनर कर्पोरसन अफ इन्डिया प्रालिसमेत इच्छुक देखिएको थियो । यो कम्पनीले ४ अर्ब ५० करोड ९० लाख रुपैयाँ कबोल गरेको थियो ।

छनोट भएको कम्पनीसँग सम्झौता भएसँगै आगामी आव २०८२/८३ बाट ५ वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन सोही कम्पनी मार्फत हुनेछ । यसअघि उक्त कम्पनीले पाँच वर्ष अगाडि ३ अर्ब ३३ करोड लागतमा व्यवस्थापन–सञ्चालनको जिम्मा पाएको गजुरेलले जानकारी दिए ।

यो बन्दरगाह रेलबाट भारतसँग जोडिएको छ । सोहीकारण यहाँ मालसामान कार्गो रेलबाट मात्र आउने गर्छ । यो बन्दरगाह सन् २००४ देखि सञ्चालनमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?