+
+
Shares

राप्रपाले बोहोराको निधनमा तीन दिन शोक मनाउने

राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १९:५४

१९ चैत, काठमाडौं । राप्रपाले सांसद दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।

राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाका वरिष्ठ नेता समेत रहेका बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने छ भने बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा सांसद बोहोराको मंगलबार निधन भएको थियो ।

बोहोरा रुपन्देही क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?