+
+
Shares

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको एक्स-रे भयो, भोलि पोस्टमार्टम

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २१:१२

१९ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको एक्स-रे भएको छ ।

उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

चिकित्सकहरूका अनुसार उनको एक्सरेको रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्ट आएपछि भोलि (बुधबार) बिहान १० बजेबाट पोस्टमार्टमा थालिने एक चिकित्सले अनलाइनखबरलाई जानकारी दिए ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो ।

केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।

रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?