+
+
Shares

गोली लागेर घाइते रेविकालाई भेट्न अस्पतालमा रास्वपा सांसद

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते २१:२७

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उपचाररत रेविका खत्रीको परिवारलाई भेट गरेका छन् ।

रास्वपा सांसदहरू सोबिता गौतम, गणेश पराजुली र चन्दा कार्की मंगलबार साँझ अस्पतालमा पुगेर उनको परिवारलाई भेट गरेका हुन् ।

खत्रीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी थिइन् ।

नियमित कामबाट फर्कंदैगर्दा रेविका प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परेकी थिइन् । सो क्रममा उनलाई गोली लागेको थियो । अहिले उनको अवस्था गम्भीर छ ।

सांसदहरूले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक पहलका लागि परिवारसँग प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?