१९ चैत, काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको आयोजनामा नयाँ वर्षको पहिलो मैदाननमा कुकिवन च्याम्पियनसिप हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेन गर्दै यस च्याम्पियनसिप आगामी वर्ष वैशाखको ४ देखि ६ गतेसम्म हुने जानकारी दिएको हो ।
नेपालमा कुकिवन कप तेक्वान्दो च्याम्पियनसिप हुन लागेको यो पहिलो पटक हो ।
यसमा नियमित रुपमा हुने तेक्वान्दो भन्दा केही फरक शैलीमा खेलहरु हुने तेक्वान्दो संघले जनाएको छ । जसमा विभिन्न उमेर समूहको ब्रेकिङ विधा देखि पुम्से, एरोबिक, टिम ग्योरोगी विधामा प्रतिस्पर्धा हुने तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियवगिताको संयोजक भान बहादुर चन्दले बताए ।
ब्रेकिङमा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्ड गरी पाँच विधामा विभिन्न पाँच उमेर समूह गरी २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै अथोराइज पुम्पेतर्फ पाँच उमेर समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दो एरोबिकमा भने थप ६ स्वर्णका लागि पनि खेल हुनेछ । टिम ग्योरोगी वा टिम फाइटमा विभिन्न महिला र पुरुषको विभिन्न तीन उमेर समूह गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल बजेट २१ लाख १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4