२० चैत, काठमाडौं । बुकायो साकाको पुनरागमन खेलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा साकाले पुनरागमनमा गोल गरे ।
मिकेल मेरिनोले ३७औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । साकाले ७३औं मिनेटमा अग्रता दोब्बर पारे । चोटबाट निको भएर पर्केपछि साकाको यो पहिलो गोल हो ।
फुलहमका लागि रोड्रिगो मुनिजले इन्जुरी टाइममा एक गोल फर्काए । जितपछि आर्सनल ३० खेलबाट ६१ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेड नटिङहम फरेस्टसँग १-० ले पराजित भएको छ ।
घरेलु मैदानमा फरेस्टलाई जिताउन एन्टोनी एलांगाले निर्णायक गोल गरे । उनले पाँचौ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको फरेस्ट ३० खेलबाट ५७ अंकसहित तेस्रो स्थानमा छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउँदैछ ।
युनाइटेड ३० खेलबाट ३७ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4