+
+
Shares

अमेरिकामा हजारौं सरकारी कर्मचारीले जागिर गुमाउँदै, गेटमै रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते ९:५२

२० चैत, काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। कर्मचारी कटौती बारे निर्णय कतिपय कर्मचारीहरू कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए ।

जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो ।

बीबीसीका अनुसार कर्मचारी कटौतीमा कतिपय उच्च अधिकारीहरू पनि परेका छन् ।

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. क्यानेडी जुनियरले गत हप्ता नै १० हजार कर्मचारीहरूलाई जागिरबाट निकाल्ने घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपति कार्यालयले पनि गत हप्ता फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट ३५००  कर्मचारी हटाउने योजना रहेको जनाएको थियो।

यस्तै, युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) बाट २४०० कर्मचारी हटाइने छ। त्यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १२०० कर्मचारी निकाल्ने प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?