+
+
Shares

नयाँ चरणको आन्दोलन सुरू गर्दै शिक्षक, माइतीघरमा धर्ना दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १०:५०

२० चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरूले आजदेखि नयाँ चरणको सडक आन्दोलन सुरु गर्दैछन् ।

विद्यार्थी तहको वार्षिक परीक्षा सकेर उनीहरूले काठमाडौंकेन्द्रित आन्दोलन सुरु गर्न लागेका हुन् । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।

शिक्षकहरूले माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने नेपाल शिक्षक महासंघले जिकिर गरेका छन् ।

आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुँदे निर्देशन दिएको छ ।

हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभई संसद अधिवेशन अन्त्य भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने यसबारे छलफल जारी छ ।

समितिले वार्ताका माध्यमबाट समस्या समाधान हुने भएकाले आन्दोलन त्यागेर छलफलका लागि आउन आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?