+

केपी ओली कप क्रिकेट प्रतियोगिता चैत २३ देखि

२०८१ चैत  २० गते १२:०९ २०८१ चैत २० गते १२:०९
केपी ओली कप क्रिकेट प्रतियोगिता चैत २३ देखि

२० चैत, काठमाडौं । पोखरामा दोस्रो संस्करणको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता चैत २३ गतेदेखि हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा चैत २३ देखि वैशाख ४ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा १६ टिमहरू समावेश छन् । टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा रहेका टिमहरूले एकअर्कासँग १-१ खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

समूह ए मा सीइसी काठमाडौ, हेटौंडा एसए, पोखरा महानगर सिसि, स्याङ्सजा सिसि छन् भने समूह बी मा चितवन सिसि, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसि, हिमालयन सिए छन् ।

त्यस्तै समूह सी मा लुम्बिनी खुकुरी सीसी, मधेश प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन्। समूह डी मा सुन्दरहरैंचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसि छन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट बलर, बेस्ट ब्याटरले १०/१० हजार र म्यान अफ दि म्याचले ५ हजार साथमा ट्रफी प्राप्त गर्नेछन् ।

गत वर्ष प्रदेश तथा विभागीयसहित १२ टिमले भाग लिएका थिए। जसमा मधेश प्रदेशले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो। विजेताले ५ लाख र उपविजेताले साढे २ लाख प्राप्त गरेकामा यसपालि पुरस्कार राशिसमेत बढाइएको हो।

केपी ‌ओली कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय